मन्त्री राई सञ्चारकर्मीहरुसँग

इनेप्लिज २०७७ चैत १८ गते २१:५३ मा प्रकाशित

विराटनगर,१८ चैत।प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले हरेक अस्पतालहरुमा स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापन र समग्र सरसफाईलाई प्राथमिकतामा राखिने बताउनुभयो।

उहाँले आज मन्त्रालयमा सञ्चारकर्मीहरु सँगको भेटघाटमा मन्त्रालयका प्राथमिकता र कार्यक्रमहरुको बारेमा जानकारी दिँदै सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताको आधारम लगाउने कार्यकमलाई निरन्तरता दिने भत्रुभयो।

प्रदेश मातहतका सम्पूर्ण अस्पतालहरुलाई कम्तिमा ५० श्ययामा सत्तरोत्रति गरी दरबन्दी संरचना थप गरिने जानकारी दिँदै मन्त्री राईले शिक्षामा सरकारले गरेको लगानी अनुसारको परिणाम प्राप्त गर्न विज्ञहरुको अध्ययन टोलीले सिफारिश गरे अनुसार गर्नु पर्ने कामको शुरुआत गर्ने कुरामा जोड दिनुभयो।उहाँले महिला, बालबालिका,अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारहरुमा विशेष ध्यान दिने भन्दै युवा खेलकुद,भाषा संस्कृति,श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने धारणा राख्नुभयो।

आवश्यकता अनुसारको कानून निर्माणमा जोड दिने जानकारी दिँदै मन्त्री राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अवधारण अनुसार नेपाली कोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययन गरी लागु गरिने बताउनुभयो।

 

प्रतिक्रिया