रवि र समीक्षाको ‘पाउडर किरिममा’ पुष्प,प्रियना र सम्झना ( भिडियो )

इनेप्लिज २०७७ चैत १८ गते २१:४६ मा प्रकाशित

काठमाडौं ।दोस्रो नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ।कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन्।गीतको भिडियोमा भने नायक पुष्प खड्का,रवि ओड,प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ।अनिल केसीको प्रस्तुति रहेको ‘पाउडर किरिममा’ लाइ आफ्नोमन ( Aafno Maan)को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।आफ्नोमन यूट्यूब च्यानलले अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको छ।

प्रतिक्रिया