प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘लाजको घुम्टो’ सार्वजनिक भएको छ।आशा क्रिएशनको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतमा शब्द शीर्षक घिमीरेको र संगीत तथा एरेन्ज हरि लम्सालको रहेको छ।अस्मिता सापकोटाको प्रस्तुती रहेको उक्त गीतको मिक्सिङ एकोस्टिक नेपाल स्टुडियोका चन्द्र चौधरीले गरेका हुन् ।
भिडियोमा मोडेल रोशनी कार्की र नायक तथा मोडेल कबिर खड्काको अभिनय रहेको छ।शान थापाले निर्देशन गरेको भिडियोको सह-निर्देशन राजीव समरले गरेका छन् भने छायांकन अर्जुन तिवारीको टिमको रहेको छ।उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
प्रतिक्रिया