प्रदेश प्रमुख अधिकारी –होली शुभकामना सन्देश

इनेप्लिज २०७७ चैत १५ गते १०:४८ मा प्रकाशित

विराटनगर,१५ चैत।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धि,सुस्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगति र उत्रतिका लागि हार्दिक शुभकामना व्यक्त्त गर्नु भएको छ।

उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट,सांस्कृतिक मनोरञ्जन, सामुहिक हर्ष बढाइँका साथ होली पर्वको शुभकामना आदान प्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यस पर्वलाई महत्त्वका साथ हेरिने छ उल्लेख गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले वर्तमान अवस्थामा विश्व नोवेल कोरोना भाइरस (कोभिड –१९) को महामारीबाट मुक्त्त भैइसकेको अवस्था छैन र पुनः जोखिम बढ्न थालेकोले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइ अत्यन्तै सावधानी पूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै होली पर्वलाई घर–परिवारमा मात्र मनाउनु आग्रह गर्नु भएको छ।

उहाँले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ्ग नलगाउनु हुन,कसैलाई पनि दुव्र्यवहार नगर्नु हुन र अवाञ्छित क्रियाकलाप नगर्न,नगराउनु हुन अनुरोध गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले नेपाली समुदायमा धार्मिक,सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण,सम्र्वद्धन तथा विकास गर्न आमनेपाली दाजुभाइ तथा दिदी बहिनीहुरु जुट्नुहुने कुरामा म विश्वस्त रहेको सन्देशमा उल्लेख गर्नु भएको छ।
अन्त्यमा,होली पर्व अथवा फगुवा पर्व मानवभित्रको असत्यमाथि सत्यको विजय प्रतीक हो,यसलाई भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय एकताका निमित्त होली पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै उहाँले पुन : सबै–सबैमा हार्दिक शुभकामना व्यक्त्त गर्नु भएको छ।

 

प्रतिक्रिया