म्यानमारमा सुरक्षा फौजको दमनमा ५० प्रदर्शनकारीको मृत्यु

इनेप्लिज २०७७ चैत १४ गते १२:०६ मा प्रकाशित

म्यानमारमा सुरक्षा फौजको दमनमा ५० प्रदर्शनकारीको मृत्यु भएको दुखद समाचार छ । फेब्रुअरी १ ​​को सैनिकले गरेको सत्ता कब्जाको विरोधमा प्रदर्शनकारीहरू मन्डाले र अन्य शहरहरूमा सडकमा उत्रिएका थिए । र उनीहरूलाई “टाउको र पिठ्यु” मा गोली हान्न सकिन्छ भन्ने दिएको चेतावनीलाई अस्वीकार गरेका थिए ।

“आज सशस्त्र सेनाका लागि लाजमर्दो दिन हो,” सांसदहरूले गठन गरेको जुन्टा बिरुद्ध समूह सीआरपीएचका प्रवक्ता डा ससाले एक पत्रिकालाई भने।

“सैन्य जनरलहरूले ३०० भन्दा बढी निर्दोष नागरिकहरूलाई मारे पछि सशस्त्र बल दिवस मनाइरहेका छन” उनले भने ।

शनिबार बिहान यंगोनको डाला उपनगरमा प्रहरी चौकीको बाहिर प्रदर्शनकारीले प्रदर्शन गरेको भीडमा सुरक्षा सेनाले गोली हान्दा कम्तिमा चार व्यक्तिको मृत्यु भएको म्यानमार नाउले जनाएको छ। कम्तिमा १० मानिस घाइते भएको अङ्किय पत्रिकाले समाचार लेखेको छ ।

शहरको इनसेन जिल्लामा प्रदर्शनमा स्थानीय २१ बर्ष मुनि उमेर समूहक भकुण्डो टोलीमा खेल्ने एक जवान सहित तीन जनालाई गोली हानी मारिएको छ । र एक जना छिमेकीले रोयटर्सलाई भने।

मन्डालेमा भएको विभिन्न घटनाहरूमा १३ व्यक्तिको मृत्यु भएको छ । म्यानमारमा शनिबार कम्तिमा ५० जना मारिएका छन् । रोयटर्सले भिन्दा भिन्दै रुपमा मारिएका संख्यालाई भने प्रमाणित गर्न सकेको छैन । एक सैन्य प्रवक्ताले टिप्पणी माग्दा प्रतिक्रिया नदिएको उल्लेख गरेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया