काठमाडौं।गायक,संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ।‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो ।सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ ।गीतमा जगत तिवारीकोर्यापपनि समावेश गरिएको छ।यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो।
‘तामा पित्तल’ गीतमा म्युजिक भिडियोका किङ,चकलेटी अभिनेता पल शाह,चर्चित मोडल दुर्गेश थापा,पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गुरान्स् ढकालको धमाकेदार डान्स रहेको छ।डान्सिङ नम्बर गीतमा चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको छन्।
निर्देशक शिवले पल,दुर्गेश,गरिमा,गुरासलाई मज्जाले नचाएका छन्।डान्सिङ नम्बरमा यो म्युजिक भिडियो दमदार बनेको छ।भिडियोमा बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ।यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो।
प्रतिक्रिया