विराटनगरलाई सञ्चारमैत्री बनाउने

इनेप्लिज २०७७ चैत १२ गते १०:१४ मा प्रकाशित

विराटनगर,१२ चैत।विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले नगरलाई सञ्चारमैत्री बनाउने कार्यमा आफ्नो विशेष जोड रहने बताउनु भएको छ।

स्याङ्जा जिल्लाबाट प्रमुख जिल्ला अधिकारीबाट सरुवा भै महानगरमा हालै आउनु भएका वस्नेतद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले यहाँबाट प्रदान गर्ने विज्ञापनलाई समानुपति प्रणालीमा बितरण गर्न नेपाल पत्रकार महासङ्घको सुझाव अनुसार महानगरले तयार गरेको कार्यविधि अनुसार कार्य गर्ने विश्वास दिलाउनु भयो।

कार्यकारी अधिकृत बस्नेतले नगरलाई स्वच्च शहरको रुपमा विकास गर्ने, साईकल मैत्री बनाउन र सूचनामा सबैको पहुँच पु¥याउनका लागि जोड रहने छ भन्नु भयो।

नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न विशेषरुपमा पहल गर्ने धारणा उहाँले राख्नु भयो।

नेपाल पत्रकार महासङ्घका मोरङ अध्यक्ष बन्धु पोखरेलले नगरद्वारा प्रकाशित गरिने विज्ञापनमा हुने अनियमितता रोकथामका लागि पहल गर्न आग्रह गर्नु भयो ।

सो अवसरमा महासङ्घका सचिव अर्जुन आचार्य, पत्रकारहरु तेजेन्द्र भण्डारी, सुमन तिम्सिना, अनन्तराज न्यौपाने,श्यामसुन्दर सुतिहार,गणेश लम्साल,अनुज सापकोटा र ब्रह्मदेव यादवले महानगरपालिकाले पत्रपकार र पत्रकारिताको विकासका लागि गर्नुपर्ने कार्यका सम्वन्धमा आवश्यक सुझाव दिनु भएको थियो।

प्रतिक्रिया