उत्तर कोरियाले दुई वटा प्राक्षेपिक क्षेप्यास्र प्रहार

इनेप्लिज २०७७ चैत १२ गते ०:०८ मा प्रकाशित

उत्तर कोरियाले दुई वटा प्राक्षेपिक क्षेप्यास्र प्रहार गरेको वरिष्ठ अमेरिकी अधिकारीहरुले जनाएका छन । उत्तर कोरियाले बिहिबार क्षेप्यास्र प्रहार अमेरिकी गुप्तचरहरुले मुल्यांकन गरि रहेका छन । उक्त क्षेप्यास्र जापानको समुन्द्रमा प्रहार गरिएको छ भने दक्षिण कोरिया र अमेरिका यसमा काम गरि रहेका छन् ।

अमेरिकी सेना र गुप्तचर समुदायले कस्तो किसिमको क्षेप्यास्त्र प्रहार गरिएको थियो र कति टाढा पुग्यो भनेर निर्धारण गर्न परीक्षण प्रक्षेपणको तथ्याँक विश्लेषण गरि रहेका छन् ।

यो क्षेप्यास्रहरू छोटो, मध्यम वा लामो दूरीका थिए या अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल ( प्राक्षेपिक क्षेप्यास्र -आईसीबीएम) का बारे अझै पत्ता लागेको छैन ।

अमेरिकाले सबै उत्तर कोरियाली हतियार परीक्षणहरू रेडार (तेजोन्वेष) र उपग्रहहरू मार्फत पत्ता लगाउछ । अमेरिकी उपग्रहहरूले लगभग एक क्षेप्यास्त्र प्रक्षेपणको ताप सङ्केतहरू पत्ता लगाउन सक्षम छन्।

श्रोत :सिएनएन

प्रतिक्रिया