काठमाडौ।चर्चित गीत ‘दुरी मजबुरी’को सफलता पछि ‘दुरी मजबुरी २’ बन्ने भएको छ।चर्चित गायक सिडी बिजय अधिकारी र चर्चित गायिका प्रविशा अधिकारीले गीत रेकर्ड गरिसकेका छन्।केही दिन अगाडी रेकर्ड भएको गीतमा गायक स्वयम सिडीकै शब्द तथा संगीत रहेको छ।यस गीतलाई अबिषेक निरौलाले एरेञ्ज गरेका छन्।
शिखर फिल्मस्बाट निर्माण भइरहेको यस गीतको भिडियोलाई दुरी मजबुरीकै निर्देशक उत्तम श्रेष्ठ शिशिरले निर्देशन गर्नेछन्।शिखर फिल्मस्का निर्माण नियन्त्रक दिपक गजुरेलका अनुसार गीतको काम भइरहेको र चाडै भिडियोको तयारीमा पनि लाग्ने बताए।‘दुरी मजबुरी २’मा कलाकार भने फाइनल भइनसकेको निर्देशक उत्तमले बताए।उत्तमले भने ‘हामिले यस गीतमा निकै मेहेनत गरिरहेका छौ,स्टोरीको काम भइरहेको छ।’ यो गीत शिखर फिल्मस् युट्युव च्यानलबाट आउदैछ।
एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा बनेको गीत ‘दुरी मजबुरी’ ३२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।टिकटक,भ्ल्ग,युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका थिए।
‘दुरी मजबुरी’ गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र नव मोडल अशु न्यौपाने फिचर्ड थिए।फिमेल भर्सनमा गीत पनि आउन बाकि नै छ।
प्रतिक्रिया