गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक

इनेप्लिज २०७७ चैत ८ गते ४:४२ मा प्रकाशित

गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक गरिएको छ।बैंसालु उमेरमा जानेर नजानेर प्रेममा डुबेको कथा गायक श्रेष्ठको गीतमा छ।

दीपक शर्माको शब्द र संगीतमा तयार गीतमा पछिल्लो समयकी टिकटक स्टार उषा उप्रेती र मोडल विनोद बस्नेतको जीवन्त अभिनय देख्न सकिन्छ।आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोमा प्रेमीले रमाइलो गर्दै जिन्दगी जिउने,लामो समय माइतीघरमा बस्न नहुने बताउँदै आफ्नी प्रेमिकालाई फकाएको दृश्य रोमान्टिक छ।प्रेमीले दोबाटोमा प्रेमिकालाई कुरेर बसेको र उडेर आउन गरेको आग्रहलाई उषा उप्रेतीले सहर्ष स्वीकारेको दृश्य रोमान्टिक छ।

रोमान्टिक जनरामा व्यंग्यात्मक शैलीमा तयार भिडियोमा दिदीको प्रेमको सुइँको पाएका भाइले दिदीलाई प्रेमी पाउन गरेको सहयोगलाई पनि निर्देशकले कलात्मक शैलीले देखाएका छन्।उदयराज पौडेलको एरेन्ज रहेको गीतमा उषा र विनोदका अलावा काजीबहादुर श्रेष्ठ,आयुष रिजाल,जीवन तामाङ,कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ।

उत्सव दाहालको छायांकन रहेको गीतको कलर र सम्पादन विकास दाहालको छ।प्रकाश धिताल क्रिएटिभ निर्देशक रहेको गीतको निर्मातामा सरोज श्रेष्ठ छन्।

प्रतिक्रिया