मनोज दाहाल,
विराटनगर,७ चैत(रासस):प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दलित विरुद्धको विभेद दण्डनीय भएको बताउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ, रिडफ नेपाल र समता फाण्उण्डेशनद्वारा संयुक्त्त रुपमा आज मोरङको बुढीगङ्गाको टङ्कीसिनवारीमा आयोजित सन्दर्भः ५६ औँ अन्तर्राष्ट्रिय जातीय भेद्भाव उन्मूलन दिवस ‘ जातीय हिंसा विरुद्ध म’ घोषणा सभाको उद्घाटन गर्दै उहाँले समाजमा विसङ्गति एवं कुरीतिको रुपमा रहेको छुवाछुतको अन्त्यका लागि हामी सबैको प्रयास आवश्यक रहेको छ भन्नु भयो।
प्रदेश प्रमुख अधिकारीले आफू दलित छुवाछुत मुक्तिको आन्दोलनको अग्रपङ्कती रहेको चर्चा गदै उहाँले जनताको सरकार भएको वर्तमान अवस्थामा यस विरुद्ध निर्भिक रुपमा नागरिक समक्ष जानु पर्ने औल्याउनु भयो।उहाँले सवैको रगत एउटै भएकोमा हामी वीच विभेद किन भन्ने प्रश्न गर्दै उहाँले एक दर्जन प्रधानमन्त्री बनाएको इतिहास रहेको यस प्रदेशमा जातीय विभेद विरुद्ध जनतालाई जागरुक बनाउनु पर्नेमा जोड दिनु भयो।
दलित आन्दोलनका अभियन्ता एवं सङ्घीय सांसद मीन विश्वकर्माले जातपात मान्नेछौनौँ,सँगैबसौं सँगै खार्औ’अभियान संचालन गर्न सवै राजनीतिक दलहरुलाई आग्रह गर्दै जातीय भेद्भाव विरुद्धको ऐन २०६८ विदेशमा समेत लागु हुने जानकारी दिनु भयो।प्रदेश सभा सदस्य जयराम यादवले जातजातको नाममा विभेद गर्नुहुदैन भन्दै त्यसका विरुद्धमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कानूनले सबै नागरिक समान भए पनि यदाकदा जातिय विभेद र भेदभाव कुरा सुन्नमा आएकाले त्यसलाई कानूनले निस्तेज गर्ने बताउनु भयो।मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जातीय विभेद न्यूनीकरणमा प्रहरीको सँधै सहयोग रहने बताउनु भयो।
राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक नीतु गौडतौला, संविधान सभा सदस्य बाबुराम पासबान,पूर्व राष्ट्रिय सभा सदस्य खेम नेपाली,रिडेफका उमेश विश्वकर्मा,समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार लगायतले जन्मको आधारमा कोही अछुत हुँदैन भन्दै जनतामा जातीय विरुद्ध चेतनाको विकास गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो।
जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा आगामी तीन महिनासम्म जातीय, छुवाछुत विरुद्धको अभियान सञ्चालन गरिने भएको छ।यसअघि विभेद विरुद्ध मोरङको टङ्कीसिनवारीमा महिलाहरुको एक जुलुसले विभेद विरुद्ध प्लेकार्ड बोकी बजार परिक्रमा गरेको थियो।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया