कवि उदय निरौलाको अस्ताउदाे घाम लोकार्पण

इनेप्लिज २०७७ चैत ७ गते १६:०५ मा प्रकाशित

२०७७ चैत ७, लेखनकुन्ज, काठमाडौं।आज कवि उदय निराैलाको अस्ताउदाे घाम कविता सङ्ग्रह पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोकार्पण गर्नु भयो। उहाँले कवि निरौलाको व्यक्तित्व र सिर्जनाबारे आफ्नो धारणा राख्दै निरौलाको लेखनको प्रशङ्सा गर्नु भयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभू घिमिरे ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, लेखन कुन्जका अध्य‍क्ष कमल ढकाल, कथाकार एवं पत्रकार विजय चालिसे ,कवि समालोचक ललिजन रावल,सर्जक उदय निराैला,समाजसेवी विश्वराज रेग्मीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

२०४८ सालकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रथम हुनुभएका उहाँकाे पाँचवटा पुस्तक प्रकाशित भइसकेकाे छ।

पत्रकार चन्द्र बानियाले सन्चालन गर्नु भएकाे कार्यक्रममा कवि रमेश पौडेलले लोकार्पित कृतिबाट कविता वाचन गर्नु भएकाे थियाे।

कार्यक्रममा पुष्कर लोहनी,प्राज्ञ मातृका पोख्रेल,पत्रकार तेजप्रकाश पण्डित,सखी प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार मन्जिला अनिल,साहित्यकारहरु विमल भौकाजी,रत्नमणि नेपाल,डम्बर पहाडी,दिब्य गिरी,डेनी निरौला,प्राज्ञ नन्दु उप्रेती, रुपा पौडेल,एल्सा शर्मा,रवि प्रान्जल आदिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया