को बन्ला मोडल हन्ट नेपाल विजेता ?

इनेप्लिज २०७७ चैत ५ गते १०:०४ मा प्रकाशित

 


काठमाडौंँ।प्रस्तुतिकरण,सहभागिता र चर्चा लगायत बिभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ।काठमाडौंको सोल्टीमोड स्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा बिभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन्।

प्रतियोगितामा ३५ युवा र ३३ युवतीहरु भिड्दै छन्।मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा बिभिन्न प्रशिक्षण सहित उनीहरुले अहिले आफुलाई निखार्दै रहेका छन्।प्रशिक्षणका क्रममा उनीहरुले र्याम्प मोडलिङका विविध आयाम र व्याकरण देखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यवासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको आफुमा विकास गरिरहेको कोरियोग्राफर रोजिन शाक्यले बताए। शाक्य प्रतियोगीका मुख्य प्रशिक्षक हुन्।

प्रशिक्षणको क्रममा उनीहरुले फेसन सजगता,स्टाइलिङ,मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज,व्यक्तित्व विकास,फिटनेस,फोटोसुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन्।यी विषयमा माल्भिका सुब्बा,थेन्डुप शेर्पा सुवर्ण खड्का,सुजन श्रेष्ठ,लुजा मेकअप स्टुडियोले प्रशिक्षको भुमिका निर्बाह गरेका छन् ।प्रशिक्षणले समग्रमा सहभागिहरु व्यक्तिबाट व्यवसायिक व्यक्तित्व बन्ने आयोजकको बिश्वास रहेको छ।

रक्तदान,विपन्न तथा अनाथ बालबालिकाको सहायोर्थ कार्य लगायत बिभिन्न सामाजिक काममा समेत प्रतियोगी भएका थिए।

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन हुने मोडल हन्ट नेपाल सीजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप संचालन हुनेछ। नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगीताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरु सहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन्।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागीताको अवसरका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्ड,गोवामा मे महिनामा आयोजना गोवा फेसन वीक लगायत फेसन,मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए।

प्रतिक्रिया