सेनाको बिरूद्ध विरोध शुरू भएदेखि म्यानमारमा कम्तिमा १४९ जना मारिएको तथ्याङ्क सयुक्त राष्ट्र संघले निकालेको छ । फेब्रुअरी १ को दिन सैनिकले सत्ता हात लिए पछि सैन्य तानाशाह बिरुद्ध म्यानमारभरमा जनआन्दोलनको सुरुवात भएको हो ।
म्यानमारमा सुरक्षाकर्मीहरूले शान्तिपूर्ण प्रदर्शनकारीलाई नियन्त्रणमा लिई कडा दमन गर्दा कम्तिमा १४९ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्तको कार्यालयले जनाएको छ।
सैनिकले देश नियन्त्रण गरि कब्जा गरि आङ्ग सान सु चीको निर्वाचित सरकारलाई सत्ताबाट हटाएपछि म्यानमार राजनीतिक अस्थिरता र जनआन्दोलन व्यापक चर्किएको छ ।
कम्तिमा ११ जना सोमबार मारिएका छन् र साताको अन्त्यमा ५७ जना मारिएको संयुक्त राष्ट्रले जनाएको छ । २,०८४ भन्दा बढी व्यक्तिहरुलाई स्वेच्छाचारी रूप ले हिरासतमा राखिएको छ । कम्तिमा ५ जना व्यक्ति हालका हप्ताहरूमा हिरासतमा मरेका छन्। कम्तिमा दुईजनालाई गम्भीर शारीरिक दुर्व्यवहार र उनीहरूलाई यातना दिएको संयुक्त राष्ट्र संघले जनाएको छ।
थप मारिएका थुप्रै प्रतिवेदनहरू छन् जुन हामीले अझै पुष्टि गर्न सकेका छैनौं, “संयुक्त राष्ट्रका प्रवक्ता रविना शमदसानीले एक विज्ञप्तिमा भनिन ।” हामी क्रुद्ध भएका छौं कि व्यापक दमन अझै तीव्र हुँदै गै रहेको र हामी फेरि सेनालाई प्रदर्शनकारीहरुलाई मार्ने र पक्राउ गर्ने कार्य रोक्न आग्रह गर्दछौं।
सोमबार, म्यानमारको सत्तारूढ सैन्य जुन्टाले देशको सबैभन्दा ठूलो शहर यानगोन र वरपर मार्शल (सैन्य)कानून घोषणा गरेको छ ।
श्रोत :एबिसी न्युज
प्रतिक्रिया