मध्यमार्गी धारमा रहेका गौतम पक्षीय भेला हुँदै

इनेप्लिज २०७७ चैत ३ गते ६:२३ मा प्रकाशित

अध्यक्ष केपी शर्मा अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गर्न आज बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा गौतमले भेला बोलाउनु भएको हो।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री अ‍ोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गर्नुभएको थियो । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर आफ्नो समूहको सबै जिम्मेवारी खोसेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि रुष्ट छ।

नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीको निर्णयलाई चुनौति दिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान शुरु गर्नु भएको थियो।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो।

आजको भेलाले एमाले एकीकरण र सबैको आत्मसम्मान हुनेगरी गतिविधि सञ्चालनका लागि नेतृत्वलाई ध्यानाकर्षण गराइने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया