पूर्व मन्त्री पण्डित सञ्चारकर्मी उपचार खर्च एवं सम्मान

इनेप्लिज २०७७ फागुन २९ गते १५:०३ मा प्रकाशित

विराटनगर,२९ फागुन।गरिब तथा पछाडि परेका समुदायका सहयोगका लागि सधै अगाडि आउने ‘दुःखको साथी नेपाल’को प्रथम वाषिकोत्सवको अवसरमा आज यहाँ सञ्चारकर्मी सम्मनन एव उपचार खर्च प्रदान गरिएको छ।

ब्लड क्यान्सर भै उपचार गराइरहनु भएका सञ्चारकर्मी कमल पौडेललाई नगद सहयोग गरिएको छ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल,न्यू सृष्टी दैनिक प्रधान सम्पादक शंकर खरेल,सोही दैनिकका प्रवन्धक सम्पादक ब्रह्देव यादव र नेपाल टेलिभिजन इटहरीकी भूमिक पाख्रिनलाई नगद सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ।

पत्रकार लुईटेल पुरस्कारबाट प्राप्त राशी केही दिन अघि सोलुखुम्वुमा आगलागीबाट क्षति भएको सामुदायिक सोलु एफ एम र खरेलले उपचार गराईरहेका पत्रकार पौडेललाई सहयोग गर्ने घोषणा गर्नु भयो।

नेपाल कम्यूनिस्ट पार्टीका प्रदेश नं १ सह इन्चार्ज लालबाबु पण्डितले पत्रकारहरुलाई सम्मान गर्दै राजनैतिककर्मीले देश र जनताको सर्वोपरित हितका लागि कार्य गर्नुपर्ने बताउनु भयो।

उहाँले संसद पुनर्स्थापना पछि सरकारको स्थायित्व भएको चर्चा गर्दै पार्टी व्यवस्थापनतर्फ अगाडि वढेको धारणा राख्नु भयो।

पूर्व मन्त्री पण्डितले संस्थाको सहयोगको कार्यले समाजलाई प्रेरणा प्राप्त भएको छ भन्दै अभियानको कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

सम्मानित प्रदेश पत्रकार महासङ्घका अध्यक्ष लुइटेलले समाजसेवामा कार्यरत संस्थालाई स्थापित गराउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै लोककल्याणकारी विज्ञापनमा राज्य उदार नभएको गुनासो व्यक्त गर्नु भयो।

संस्थाका अध्यक्ष गंगा पोखरेल,युवा सङ्घका नेता पर्शुराम वस्नेतले संस्थालाई दिनदुःखीको सेवाको थलोको रुपमा विकास गर्ने बताउनु भयो।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले संस्थाको वार्षिकोत्सवको उपलक्ष्यमा गर्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गरिव एवं पिछडिका वर्गका परिवारलाई वितरण गर्ने झुल सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

प्रतिक्रिया