बिश्व रेकर्ड कायम गर्न सगरमाथा चढ्दै गोबिन्द, सबैतिरबाट आशा देखाईयो सहयोग भएन (भिडियो सहित )

इनेप्लिज २०७७ फागुन २९ गते ११:२८ मा प्रकाशित

काठमाडौँ – यहि चैत दोश्रो साता जन्मदै पोलियो रोगी गोबिन्द प्रसाद देबकोटा बिस्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्दै हुनुहुन्छ। बिस्व किर्तिमान राख्न पोलियो रोगी एक अपाङ्गता भएका व्यक्तिका तर्फबाट पहिलोपल्ट हुनलागेको सगरमाथा आरोहणको साहसी अभियानलाइ सफल पार्न आर्थिक अभाब भएको उहाले बताउनु भएको छ।शुक्रबार एक पत्रकार सम्मेलन गर्दै देबकोटाले भन्नु भयो ” सबैतिरबाट आशा देखाईयो सहयोग भएन “।

गर्भमै पोलियो रोगी भै जन्मिनु भएका ४७ बर्षीय गोबिन्द प्रशाद देवकोटासंग जीवन संघर्षका कथा झैं लाग्ने यथार्थहरु उमेर भन्दा धेरै छन्।वाह ११ बर्ष सम्म हिडडुल गर्न समेत सक्नु हुन्नथ्यो।बाल्याबस्था पार भै सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्णरूपमा हटेन जो भोगीरहनु परेको छ,अहिले पनि।

‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ’ ,’असम्भव भन्ने हुदैन’ भने झैं गोविन्द देवकोटाले ६००० मिटर भन्दा अग्ला केहि हिमालको सफल आरोहन गरिसक्नुभएको छ।अब यहि चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर शगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल ज्यादै व्यस्त भएको छ।शगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उहाँलाई पैसाले रोक्ने हो की भन्ने डर छ।

उहाँलाई लैजाने कम्पनीलाइ ६७ लाख र अरू आवस्यक भौतिक समान किन्न ५/७ लाख गरी कुल चाहिने ७५ लाख जती मध्ये उहाँसंग २५/२६ लाख को मात्र जोहो छ। बाँकी पैशा सहयोगकालागी सबैसंग देवकोटाले अनुरोध गर्नुभएको छ।

आफुले सकेको आर्थिक सहयोग गर्न चाहनुहुनेले गोविन्द प्रसाद देवकोटाको प्राइम बैंकमा रहेको खाता नम्बर ००७०३६६४ PD मा नगद जम्मा गरिदिनुहुन् वहाले आग्रह गर्नु भएको छ।जन्मजात पोलियो रोगीको तर्फबाट हुन लागेको शगरमाथा आरोहणको यो साहसी अभियान सफल बनाउन हामी सबैले सक्दो सहयोग गरौँ।

https://www.youtube.com/watch?v=In31vMivP1M&t=4s

प्रतिक्रिया