आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा देखियो यस्तो प्रेम वियोग

इनेप्लिज २०७७ फागुन २९ गते ११:२२ मा प्रकाशित

काठमाडौँ।ह्याण्डम हिरो आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक छवी न्यौपाने र मेलिना राईको स्वरमा सजिएको नयाँ गीत यो जुनीमा तिम्रो बोलको गीतमा लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत शृजना रहेको छ।आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतबिचको प्रेम र भावी जीवनको गाथालाई निर्देशक निकेश खड्काले नजिकबाट केलाएका छन्।

विबाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा आकाश र वर्षाले चलचित्रको कुनै कथा जस्तो लाग्नेगरी गज्जब अभिनय गरेका छन् । रुपेश खड्काको सम्पादन रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन्।एनपी म्यूजिक हवबाट बजारमा ल्याइएको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ।

प्रतिक्रिया