पत्रकार राष्ट्र र जनताको ऐना भएको–प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७७ फागुन २८ गते १७:३४ मा प्रकाशित

विराटनगर,२८ (रासस):प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पत्रकार राष्ट्र र जनताको ऐना भएको बताउनु भएको छ।

नेपाल पत्रकार महासङ्घ मोरङ र केदारबहादुर वस्नेतद्वारा स्थापित षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार –२०७६ वितरण गर्दै उहाँले सञ्चारकर्मीको कमलबाट मुलुक र जनताको अनुहार देखिनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त्त गर्नु भयो।

प्रदेश प्रमुुख अधिकारीले पत्रकारिता क्षेत्रलाई मर्यादित वनाउनुु पर्नेमा जोड दिदै देश र जनतालाई केन्द्रमा राखेर सत्यतथ्यका आधारमा समाचार पस्कनु पर्ने आवश्यक्ता औल्याउनु भयो।

उहाँले सञ्चारकर्मीले राष्ट्र र समाचारलाई वकपत्र बनाउन आग्रह गर्दै ‘व्रेकिङ न्यूज’र अपूर्ण समाचार प्रवाहमा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले पत्रकारका कारण नेपालमा ठुुलाठुुला आन्दोलन सफल भएको चर्चा गर्दै वर्तमान अवस्थामा सञ्चारकर्मीहरुले थप जिम्मेवार रही कार्य गर्नुपर्ने आवश्यकता औल्याउनुुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक निकायमा भएका सूचनाका मालिक जनता भएको हुनाले महासङ्घले नागरिकलाई बलियो वनाउन सूचनाको हक प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो।

उहाँले पत्रकारिता क्षेत्रलाई व्यवसायिक तथा मर्यादित वनाउन महासंङ्घले उल्लेखनिय रुपमा कामगर्दै आएको वताउनुुभयो।

प्रदेश सभासद जयराम यादव,पुरस्कार स्थापनाकर्ता वस्नेत,पुुरस्कृत व्यक्तित्व धर्मेन्द्र झा,नेपाल पत्रकार महासङ्घका प्रदेश न १ का अध्यक्ष विक्रम लुुइटेल, प्रादेशिक संञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा,नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष वन्धुु पोखरेल तथा उपाध्यक्ष कुुमोद अधिकारीले सूचना हक अधिकारबाट आम नागरिकको सरोकार विषयमा सहयोग पुग्ने धारणा राख्नु भयो।

षष्टिका वस्नेत सुुचनाको अधिकार पुुरस्कारबाट –२०७६ बाट नेपाल पत्रकार महासंङ्घका पुुर्व अध्यक्ष धर्मेन्द्र झा तथा प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई पुुरस्कृत गरिएको छ।पुुरस्कारको राशि रु ५० हजार र १५ हजार रहेको छ।

विराटनगर–११ निवासी केदारवहादुुर वस्नेतले आफनो धर्मपत्नी स्वर्गीय षष्टिका वस्नेतको नाममा सो पुुरस्कार स्थापना गर्नुु भएको हो।विस २०७३ मा स्थापना भएको उक्त पुरस्कारबाट यस अघि विनय कसजु, तारनाथ दाहाल र शिव गाउँले प्राप्त गर्नु भएको थियो भने प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ र गणेश लम्साललाई सम्मानित गरिएको थियो।

प्रतिक्रिया