नीजि क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको–गभर्नर अधिकारी

इनेप्लिज २०७७ फागुन २८ गते १७:२७ मा प्रकाशित

विराटनगर,२८ फागुन।नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले नीजि क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताउनु भएको छ।

उद्योग संगठन मोरङको ४८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुलुकको आर्थिक चलायमानमा यसको महत्वपूर्ण भूमिका हुनुका साथै ‘समृद्ध नेपाल सुखी नेपाल’को राष्ट्रिय आकाँक्षालाई पुरा गर्न यस क्षेत्रले उत्कृष्ट कार्यक्रमम ल्याई सरकारलाई सहयोग एवं घचघचाई रहेको धारणा राख्नु भयो।

गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुर्याउनु पर्नेमा जोड दिदै रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न दिएको ऋण आयात व्यापारमा खर्च नगर्न सवैसँग आग्रह गर्नु भयो ।

उहाँले गएको साउन एक गतेपछि वैंकहरुले रु ७७७ अर्व कर्जा प्रभाव गर्नुका साथै रु ५०० अर्व निक्षेप सङ्कलन गरेको जानकारी दिर्दै कोभिड महामारीबाट उद्योगक्षेत्रलाई जिवित राख्न राष्ट्र वैंकले व्याज सुविधा अन्तर्गत विभिन्न वैंकिङ प्रणालीमा रु ४२ अर्वको कोष राखेको बताउनु भयो।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोति दुगडले नीजि क्षेत्र क्षेत्रको सहयोगबाट राष्ट्रको समृद्धिको सपना पुरा हुने चर्चा गर्दै कर्मचारीतन्त्रले राजश्वमा महत्वपूर्ण योगदान दिने उद्योगी व्यवसायीहरुलाई अपमानित होइन सम्मान गर्नुपर्नेमा जोड दिनु भयो।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा स्थापित उद्योग,व्यापारीबाट सङ्कलित राजश्व रकमको एक प्रतिशत नगरको विकास क्षेत्रमा पठाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो।

नेपाल उद्योग वाणिज्य महाङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले महाङ्घको आगामी १० वर्षे कार्यनीति अनुसार मुलुकको वजेट १०० विलयन डलरको अर्थतन्तर २२ लाख नयाँ रोजगारी सिर्जना गर्नु रहेको धारणा राख्नु भयो।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,उपाध्यक्ष सुयेश प्याकरेल लगायतले नेपाल राष्ट्र वैंकले कोभिड–१९ को कारण थला परेका साना तथा मझलौ उद्योगहरुलाई पुनकर्जा दिने नीतिमा परिवर्तन गर्न आग्रह गर्नु भयो।

प्रतिक्रिया