भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक

इनेप्लिज २०७७ फागुन २६ गते ११:४० मा प्रकाशित

काठमाडौं २६ फागुन।गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक भएको छ।बुधबार युट्युब मार्फत रिलिज गरिएको हो।

गीतमा समृद्धिको लागि एकताको आह्वान गरिएको छ।समृद्ध नेपाल निर्माणका लागि रिष राग द्धेषलाई छोडेर अघि बढ्नु पर्ने भाव गीतमा समेटिएको छ।
उहाँको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम सार्वजनिक भइसकेको छ।आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन्।उहाँको केहि समय अघि मात्र बनचरी सार्वजनिक भएको थियो।बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लाग्नुभएकी सुब्बाले खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाउनुभएको छ।

साजन राईको संगीत र स्वर रहेको यस गीतको किरण थापाले निर्देशन तथा सम्पादन गर्नु भएको छ।

 

झुल्क्यो घाम देशैभरी भयो झलमल
समृद्धिका बाटो रोज्न नगरौं अलमल

उठौ उठौ एक भई उठौ
एकता नै शक्ति हो हामी सबै जुटौँ

उठौ नेपाली, उठौँ नेपाली
माृतृभूमि जोगाउन जुटौ नेपाली

मातृभूमि जोगाउन हातमा हात मिलाऔँ
समृद्ध राष्ट्र निर्माणमा काधमा काध मिलाऔँ

सभ्य समाज निर्माणमा एक भइ लडौ
विश्वास नै शाक्ति हो संगै अघि बढौँ

उठौ नेपाली, उठौँ नेपाली
समृद्धि राष्ट्र निर्माणमा जुटौ नेपाली

चन्द्र सूर्य अंकित झण्डा हाम्रो शान हो
सबै भाषा धर्म संस्कृती हाम्रो स्वाभिमान हो
रिष राग द्धेष फालेर सबै अघि बढौं
संकल्प नै शक्ति हो कोहि पछि नहटौ

उठौ उठौ एक भई उठौ
एकता नै शक्ति हो हामी सबै जुटौँ

झुल्क्यो घाम देशैभरी भयो झलमल
समृद्धिका बाटो रोज्न नगरौ अलमल

प्रतिक्रिया