गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले संयुक्त राज्य अमेरिकाका लागि नेपाली दुतको रुपमा आउनुभएका महामहिम डा. युवराज खतिवडालाई एक कार्यक्रमका बीच स्वागत गरेको छ।अनलाइन माध्यमवाट स्वागत तथा अन्तरक्रियाको आयोजना गरी संघले नेपाल सरकारका पूर्व अर्थ मन्त्री समेत रहनुभएका महामहिम राजदुत डा.खतिवडालाई स्वागत गरेको हो।कार्यक्रममा आफ्नो धारणा राख्नुहुदैं संघका अध्यक्ष एवं कार्यक्रममा अध्यक्ष सुनील साहले विगतदेखिनैं संघ र दुतावासको विचमा सुमधुर सहकार्य हुदैं आएको बताउनुहुदैं आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । विगतमा कार्यकाल सकेर राजदुत फर्किसक्नुभएको धेरै लामो समयसम्म पनि दुतावास राजदुत विहिन हुने अवस्था रहदैं आएको भएपनि अहिले त्यस्तो नहुनु सुखद पक्ष भएको औल्याउनुहुदैं अध्यक्ष साहले संघ र दुतावास मिलेर धेरैं क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा बोल्नुहुदैं महामहिम राजदुत डा. खतिवडाले एनआरएन एक्ट बन्दा देखिनैं आफू संलग्न रहेको उल्लेख गर्नुहुदैं एनआरएन र एनआरएनएको सन्दर्भमा आफू जानकार रहेको बताउनुभयो।उहाले संघवाट आवश्यक समन्वय र सहकार्यको आफूले अपेक्षा राखेको बताउनुहुदैं संघ र दुतावास विचको सहकार्यमा जोड दिनुभयो।
संघका महासचिव पशुपती पाण्डेको संचालनमा भएको कार्यक्रममा संघका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष डा. केशव पौडेल, पूर्व अध्यक्षहरु प्रह्लाद केसी, शिव राई, संरक्षक रुद्र अर्याल, सल्लाहकारहरु शंकेश सुवेदी,जगन्नाथ गौतम, चिरञ्जिवी भट्टराई,लाल काफ्ले,दिनवन्धु भट्ट, सतेन्द्र शाह, संजय थापा,राधा पौडेल एवं बोर्ड पदाधिकारी तथा डाइरेक्टरहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर, नेपाल सरकारका पूर्व अर्थमन्त्री लगायत नेपालको विभिन्न प्रशासनिक क्षेत्रमा रहेर काम गरिसक्नुभएका अर्थविद् डा. खतिवडा अमेरिकाका लागि नेपालको राजदुत भएर आउनुभएको अवस्थामा संघले दोहोरो कर प्रणालीको खारेजी लगायत विभिन्न नितिगत विषयमा पहल हुने विश्वास राखेको छ।
प्रतिक्रिया