साउदीमै पसिना बगाउँदै थिए श्रीमान , फेसवुकमा अचानक आफ्नी श्रीमतीले अर्कैको घुम्टो ओढेको फोटो देखेपछी

इनेप्लिज २०७७ फागुन २५ गते ११:०४ मा प्रकाशित

वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन्।युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन्।तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव,सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन्।कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।

यहाँ प्रस्तुत गरिएको घटना पनि त्यस्तै छ।साउदीमा रहेका एक पुरुष,परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए।तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे।त्यसपछि उनी अहिले नेपाल आएका छन्।श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए।

झापा दमकका यि पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन।श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आरोप छ।झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए।त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ।विदेशमै गाडी चलाउने उनको गाडीले दुर्घटना गराएपछि जेलमा परेका थिए।जेलवाट बाहिर निस्के पछि पनि राम्रोसंग कुराकानी भएको थियो।तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर पाएको बताए।

प्रतिक्रिया