कृष्ण खड्का आफ्नो चिउडो प्रयोग गरेर हुइल चेअर गुडाउने गर्छन।उनको शरिरको कुनै अङग चल्दैन मात्र टाउको चल्छ।२०१० तिर उनि बिदेशमा थिए कामको शिलशिलामा उमेर पनि जल्दो बल्दो थियो उनि सधै झै शरिरिक व्यायाम गर्ने क्रममा टाउको तल खुट्टा माथि गरेर व्यायाम गर्दा ल,डेर घाटिको नशा चुडिएर उनि अपाङता भए।जे भयो भयो तर आज कृष्ण खुशी छन गीत गाउन मन पराउछन उनि जस्ता अपाङता भएका साथीहरु लाई सहयोग गर्छन।आफु जस्तै साथिहरुलाई स्वाबलम्बी बनाउने काम गरेका छन।
बिश्वमा हेर्ने हो भने शारीरिक अपाङता भएका ब्यक्तिको संख्या कूल जनसंख्याको १५ प्रतिशत भएको आँकडा संयुक्त राष्ट्रसंघ लगायतका बिभिन्न अध्ययनहरुले देखाएको छ।बिश्वका धनी मुलुक भनेर चिनिएका अमेरिका,बेलायत,जापान जस्ता देशहरुमा पनि १०/१२ प्रतिशत भन्दा बढी अपाङता भएका ब्यक्तिहरु भएको पाइन्छ।अब अनुमान लगाउनु होस त हाम्रो जस्तो गरिब मुलुकमा सरकारी तथ्याङकमा कति प्रतिशत अपा,ङता भएका ब्यक्ति होलान् ?
हेरौ कृष्ण खड्काको यो भिडियो
प्रतिक्रिया