महिलाहरु नाकमा फुली मात्र होइन काँधमा फुली समेत लगाउने गर्छन– प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७७ फागुन २४ गते २३:४२ मा प्रकाशित

विराटनगर,२४ फागुन(रासस):प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा १३ जना महिला चिकित्सक,स्वास्थ्यकर्मी र प्रहरीलाई आज यहाँ सम्मान गरिएको छ।

कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी,उदयपुर,झापा र धनकुटाका कोभिड अस्पताल,प्रयोगशालामा कार्य गर्नेलाई सम्मान गरिएको हो।

यसरी सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन्।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उहाँहरुलाई सम्मान गर्दै महिलाहरु नाकमा फुली मात्र होइन काँधमा फुली समेत लगाउने गरेकोले उनीहरु प्रत्येक क्षेत्रमा नीर्भिक भएर आगाडि बढेकोे वताउनु भयो।

उहाँले महिलाहरुको त्याग र बलिदान दिने कार्यमा सधै अगाडि हुनाले मुलुकमा स्वतन्त्रता र निरंकुशताको अन्त्य भएको चर्चा गर्दै इमान्दारी,अनुशासन,संस्कार र संस्कृति कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले वर्तमान राष्ट्रपति महिला सङ्घको नेतृत्व कालमा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गराएको चर्चा गर्दैे संविधानमा भए बजोजिमको अधिकार महिलाहरुले पाउनुपर्छ भन्नु भयो।

उहाँले संविधानमा उल्लेख भए अनुसार अहिले स्थानीय निकाय लगायत अन्य क्षेत्रमा ४२ प्रतिशत महिला नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले विद्यालय र विश्वविद्यालयमा छोरीहरुले शिक्षामा प्रथम स्थान प्राप्त गरेकोे आफुले देखेको र अनुभव गरेको चर्चा गर्दै यो उनीहरुले प्रतिस्पर्धा गरी उत्कृष्टता हासिल गरेको बताउनु भयो।

प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकता भन्दा गहिराईमा जानुपर्नेमा जोड दिदै देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गर्नु भयो।

सामाजिक विकास मन्त्री समेत रहनु भएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जहाँ जहाँ महिला नेतृत्वमा रहेका छन् त्यस क्षेत्रको व्यवस्थापन विगतको तुलनामा उत्कृष्ट रहेको चर्चा गर्दै महिला नेतृत्व सफलताको घोतक हो भन्नु भयो।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको थियो।

प्रतिक्रिया