कन्चनको अस्पतालमा मृत्यु, बल्ल मुख खोलिन भावुक हुँदै अनिशाले वास्तविकता (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन २४ गते १०:५६ मा प्रकाशित

बिवाह गरेको केहि दिनमै श्रीमती अनिशाले छोडे पछि पिडामा रहेका कन्चनले गलत कदम उठाउँदा ज्यान गु माउनु परेको छ।श्रीमती अनिशाले सिन्दुर पोते गरेको केहि दिनमै छोडेपछि उनले गलत कदम उठाए जसले गर्दा उनि केहि महिना देखि अस्पतालमा उपचार गराइरहेका थिए।उनको उपचार गर्न लाखौ कोसिस गर्दा पनि अन्ततः निधन भएको खबर भिभिन्न सामाजिक संजाल र मिडियामा अहिले समाचार भाइरल भैरहेको छ।चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँकिएको छ।

कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले देहत्याग गर्ने प्रयास गरेका थिए।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन।अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो।त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन अनिशाले तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन।कन्चनले काठमाडौँ लगेर आफुलाइ सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो।कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले यो कदम चलेको आरोप लगाएका छन् । उनको निधनको खबर आएपछि अहिले सामाजिक संजालमा यी दुईका नाममा बिगतमा सार्वजनिक भएका टिकटक भाइरल भैरहेका छन्।भिन्न समय रमाइलो गर्दै दुइले बनाएका भिडियो कन्चनका शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्।

भिडियो

प्रतिक्रिया