विप्लव र सरकार बीच सहमति गरी चतुर प्रधानमन्त्रीले विप्लवलाई सिके राउत र प्रचण्ड जस्तै बनाएका हुन त ?

इनेप्लिज २०७७ फागुन २३ गते ३:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा गत शुक्रवार हस्ताक्षर भएको छ सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा हस्ताक्षर गरेका हुन्।

दुवै पक्ष बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो।सरकार सँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै चन्दले भने, ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उ त्तेजना’त्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमति प्रति प्रतिबद्ध छौं।

’भिडियो

प्रतिक्रिया