टिकटकबाट भाइरल बनेका स्मारिका र समारिका ह्याण्डसम सन्दीपको पछि लागेपछि

इनेप्लिज २०७७ फागुन २१ गते १२:१५ मा प्रकाशित

काठमाडौँ।लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन्।जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ।संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन्।शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए।सन्दीपका यसअघि लालुमै,ओक्कल दोक्कल, काली भन्न मिलेन,लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन्।

प्रतिक्रिया