म्यान्मारका सैनिकद्वारा संचालित ५ युट्युब निलम्बित

इनेप्लिज २०७७ फागुन २१ गते १२:०८ मा प्रकाशित

म्यान्मारका  सैनिकद्वारा संचालित ५ युट्युबहरु युट्युब च्यानलले निलम्बित रद्ध गरेको छ । युट्युबले उक्त कुरा शुक्रबार जनाएको छ । यूट्यूबले आफ्नो समुदाय दिशानिर्देशहरू र सेवा सर्तहरू उल्लङ्घन गरेकोमा म्यानमार सेनाले चलाउने पाँच च्यानलहरू हटाइएको बताएको छ ।

प्रतिष्ठानले शुक्रबार म्यावड्डी मेडिया, एमआरटीभी, डब्ल्यूडी अनलाईन बोर्डकास्टिंग ,एमडब्ल्यूडी भेराइटी र एमडब्ल्यूडी म्यांमारका च्यानलहरू निलम्बित गरेको छ ।

“हामीले हाम्रा सामुदायिक दिशानिर्देशहरू र लागू कानूनहरू बमोजिम युट्युबबाट धेरै भिडियोहरू हटायौं,” भनि ईमेल विज्ञप्तिमा उक्त कुरा जनाएको छ ।

साथै युट्युबले कुनै पनि सामग्रीको लागि निगरानी गरिरहेको र नियम उल्लङ्घन गर्न सक्छ भनि बताएको छ ।

युट्यूबले विगत दुई महिनामा घृणायुक्त बोली र उत्पीडन, स्पाम(अपसंदेश) र भ्रामक अभ्यासहरू, हिंसात्मक वा ग्राफिक( लेखाचित्रीय) सामग्री नीति र यसको सेवा सर्तहरूको उल्लङ्घन बारेमा सम्बन्धित नीतिहरू उल्लङ्घन गरेकोमा करीव २० वटा च्यानल बर्खास्त गरेको र १६० भन्दा बढी भिडियो(श्रब्य दृश्य )हटाएको छ ।

श्रोत : एबिसी न्युज

प्रतिक्रिया