बाँकेमा एक अनौठो घटना भएको छ।राप्तीसोनारी गाउँपालिका ९ मा एकै घरका देउरानी जेठानी हराएका थिए । देउरानीको केही वर्ष अघि विवाह भएको थियो भने जेठानीको केही महिना मात्र भएको थियो।जेठानी खगिसरा फेला परेकी छैनन् भने देउरानी एक होटलमा फेला परेको बताइएको छ।उनीसंग केही युवा समेत रहेको परिवारका सदस्यले बताएका छन्।
संगीता बस्याल (देउरानी) हराएको दुई दिन पछि सम्पर्कमा आएपछि खोजी गर्दै जाँदा फेला परेको अमाजुले बताएकी छन् । परिवारका सदस्यले घरका २ बुहारी हराएको भनेर सार्वजनिक गरेपछि देउरानी आफै सम्पर्कमा आएको परिवारका सदस्यको भनाई छ।तर अझै जेठानी भने सम्पर्कमा आएकी छैनन्।
श्रीमानहरु रोजगारीमा वाहिर रहेको बेलामा घरमा रहेका उनीहरुका श्रीमतीहरु एकाएक हराएका हुन्।उनीहरुका श्रीमानले कामवाट आउँछौं भनेपछि एकाएक दुई देउरानी जेठानी हराएका हुन्।आफुहरु घरमा आएपछि परिवारमा श्रीमतीहरुले अन्य युवा घरमा ल्याएर रक्सी खाँदै रमाइलो गर्ने गरेको थाहा पाएको बताएका छन्।दुवै जनाले प्रेम विवाह गरेका थिए।
आफुसंग प्रेममा रहेको थाहा पाएपछि श्रीमतीको आमाबुवाले छिटो विवाह लैजाउ भनेर दवाव दिने गरेको र आफुले विवाह गरेको बताएका छन्।विवाह भएको दुई महिनामै श्रीमती हराएपछि अहिले श्रीमानहरु मिडियामा घटना सार्वजनिक भएको हो।
https://www.youtube.com/watch?v=FMhXYF3uxvw&t=6s
प्रतिक्रिया