पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह र कान्छि छोरी कृतिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छन्। उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन्।उनीहरु अरुले जस्तै रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजिन गर्ने गर्छन्।आमा हिमानी शाह जस्तै शालिन,भद्र र अनुशासित छोरीहरु सामाजिक संजालमा फोटो सार्वजनिक गर्दा पहिरनमा ख्याल गर्छन्।तर,पुर्णिकाको एक तस्बिरमा भने पहिरनमाथि प्रश्न उठेपछि दिदि पुर्णिकाले बचाऊ गरेकि छिन्।
इन्स्टाग्रामको एक तस्बिरमा कृतिको पहिरनमा प्रश्न उठेपछि पुर्णिका बहिनिले जस्तो कपडा लगाएपनि के समस्या भन्दै बचाऊ गरेकि छिन् । कृतिकाको एक तस्बिरमा ‘हजुर जस्तो महान व्यक्तिलाई यस्तो पहिरन सरन गर्न सोभा दिदैन सरकार।आगामी दिनहरुमा यस्तो माथि नहोस् भने विन्ति टक्राउँछौँ।सरकारको जय होस् ।’ भन्दै एकजनाले प्रतिक्रिया जनाएपछि पुर्णिकाले ‘तिमि को हौँ, महिलाको पहिरनमा प्रश्न गर्ने ? महिलाले कुन लुगा लगाउने र नलगाउने भन्ने को हौँ’ भन्दै प्रतिक्रिया दिएकि छिन्।
पुर्णिकाको उक्त प्रतिक्रियामा सहमति जनाउदैँ धेरैले प्रशंसा समेत गरेका छन्।अक्सर पुर्वराजपरिवारले पहिरनमा ख्याल गर्ने गरेका छन् । तर, विरोधिहरुले भने अनावश्यक प्रश्न गर्ने गरेका छन्।पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो कुनै समय भाइरल भइरहेको थियो।छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्ट मा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजाल मा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन।
भिडियो हेर्नुहोस
प्रतिक्रिया