मृत दाइकोलागी लडेकी सदीक्षाको हिम्मत समेटिएर बन्दै शर्ट मुभी,सदीक्षा बन्दै छिन यि युवती (भिडियो सहित )

इनेप्लिज २०७७ फागुन १९ गते २:५० मा प्रकाशित

 

प्रहरीको अनुसन्धानमा ढिलासुस्ती र लापरबाही भयो भने मामुली घटनाले पनि असामान्य रूप लिन सक्छ । अझशंकास्पद त घटनाहरूमा प्रहरीको सानो गल्तीले पनि नसोचेको परिणाम उत्पन्न गरिदिन्छ।यसको पछिल्लो दृष्टान्त हो- उर्लाबारी घटना।मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शं,कास्पद मृत्युपछि त्यसको अनुसन्धानमा प्रहरीले ढिलासुस्ती मात्रै गरेन,एउटा गम्भीर गल्तीसमेत गर्‍यो।त्यही गल्तीका कारण मृ’तकका परिवार,आफन्त र सिंगै समाज अहिले प्रहरी विरुद्ध उर्लेको छ।

यो न्यायिक लडाईंको नेतृत्व गरेकी छन्,मृतककी बहिनी सदीक्षा बास्तोलाले।अमेरिकाको टेक्सासमा विमान चालकको तालिम गरिरहेकी सदीक्षाले दाजुको दुखद खबर सुन्नासाथ भाव विह्वल अवस्थामा नेपाल आइन्।घटना विवरण सुनेपछि उनले दाजुको मृत्यु सामान्य नभई हत्या नै भएको आशंका गरिन् र न्यायका लागि प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुगिन्।यही घटना को सेरो फेरो मा रहेर शर्ट मुभी बन्दै छ जसको नाम रहने छ पुण्य गौतम अब बाकी भिडियोमा हेरौ कलाकारहरु के भन्छन

प्रतिक्रिया