राजु र रिनाको मुटु भरीको माया गीत सार्वजनिक

इनेप्लिज २०७७ फागुन १८ गते २२:५७ मा प्रकाशित

१८ फागुन, काठमाडौं।गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ।मंगलबार काठमाडौंको सामाखुसीमा एक कार्यक्रमगरी धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरियो।

सार्वजनिक गीतमा लय, शब्द शिव हमालको रहेको छ । गीतमा एरेन्ज अर्जुन थापाको रहेको छ भने भिडियो पनि अर्जुनले नै निर्देशन गरेका हुन्।मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ्ग गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफीको जिम्मा अमोन रानाले सम्हालेका छन् भने शुशिल डागीको छायांकन छ।भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय रहेको छ।गीतमा जापानमा रहदै आउनु भएका समाजसेवी धन थापाले सहयोग गर्नुभएको छ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिए । साथै उनले लोकगीतलाई बचाई राख्न यस्ता गीतहरुले सदैब सहयोग गर्ने बताए।कार्यक्रममा बिशिष्ठ अतिथि यसैगीतका गीतकार तथा संगीतकार शिव हमालले आफ्नो गीत हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरे।

प्रतिक्रिया