धरान । नेपाली तारा दिपक लिम्वुले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन्। ” बाटो काटिएला ” बोलको गीत म्युजिक भिडियो सहित गायक दिपक लिम्बुले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ।कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन्।भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छन्।उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ।
तारा प्रकाश लिम्वुको संगित, वि. पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ।सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्वुले सहनिर्देशन गरेका छन्।अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ।
पर्यटन प्रबर्धन गर्न आफूले भोजपुर देखी सप्तकोशी नदि हुंदै चतरासम्मको मनमोहक दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको निर्देशक भीषण राईले बताए ।
प्रतिक्रिया