मानव सेवा आश्रमलाई रु चार करोडको जग्गा प्रदान

इनेप्लिज २०७७ फागुन १४ गते ११:५८ मा प्रकाशित


विराटनगर,१४ फागुन सडक पेटीमा वस्ने,भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गर्नु भएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिया योगदानमा विराटनगर –५ का उदार हृदयका खड्का परिवारले रु चार करोड मूल्य बरावरको छ कठ्ठ जग्गा प्रदान गरिएकोछ।

डम्वर सतसङ्ग सदगुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशिला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर–५ स्थित छ कठ्ठा जग्गाको कागजपत्र हस्तान्तरण गर्नु भयो।

स्व.डम्वरवहादुर खडकाले आफनो मृत्यु पछि मानवसेवाको हितमा काम गर्न भने अनुसार खडका परिवारका सदस्यहरुले कविर आश्रमको नाममा रहेको १३ कठ्ठा जग्गा मध्ये छ कठ्ठ जग्गा प्रदान गरिएको हो।

महानगरपालिकाका प्रमुख पराजुलीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको चर्चा गर्दै छोरो छोरीले वृद्ध आमावुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गर्नु भयो।

उहाँले भविष्यमा सेवा आश्रम के हो भन्ने अनुन्धान गर्न विश्वभरका नागरिक नेपाल आउने चर्चा गर्दै आश्रमको विराटनगरमा भएको तीन भवनको वहाल महानगरले भुक्तानी गरिरहेको बताउनु भयो।

प्रमुख पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरुको उपस्थितिमा वृहत साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिनु भयो।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गर्नु भएको बताउदै आश्रमले शुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोमञ्जनका लागि महानगरको सहयोगका लागि आग्रह गर्नु भयो।

दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व.खडका वुहारी जमूना खड्का,गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाई लगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुशी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

कविर आश्रमको बाँकी रहेको सात कठ्ठा जग्गामा मानव सेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो।

सोही अवसरमा दाताहरु खडका परिबारका सदस्यहरु एवं कवि आश्रमका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो।विराटनगरस्थित तीन आश्रमका हाल २४६ जना सहयोगापेक्षीको बसोवास रहेको छ।

 

प्रतिक्रिया