भागरथी हत्या काण्ड:हत्याराको छानविनमा महत्वपूर्ण भूमिका खेल्ने दुई प्रहरीको बढुवा

वीरेन्द्र रावल २०७७ फागुन १३ गते २३:५९ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी,फागुन १३÷ अपराध अनुसन्धानमा असल कार्य गर्ने प्रहरी सम्मानित र पदोन्नती हुने गर्दछन् भन्ने सन्देश सुदूरपश्चिम प्रहरीले दुईजनालाई गरेको बढुवाबाट पनि प्रमाणित भएको छ।जनताको सेवा र सुरक्षामा निरन्तर रुपले निस्वार्थ भावनाले खटिने नेपाल प्रहरमिा कार्यरत जून सुकै दर्जाका भएपनि नेपाल प्रहरीले त्यस्ता राष्ट्र सेवकलमाई सम्मान,कदर र पदोन्नती गर्ने गरेको पाईन्छ।यसैक्रममा बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको पनि बढुवा भएको छ।प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुबै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन।त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाको अनुसन्धानमा सकृय सहभागीता जनाई अपराधी पक्रन सफल भएको भन्दै डिआइजी सुवेदी सहित ५ जनालाई नगद पुरस्कार सहित सम्मान गरेको छ।प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय,दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरेको छ भने इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दार पदमा पदोन्नति गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदी सहित पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु,महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया