सेसेल्स सरकारको कोरना राहतकोषमा एनआरएनए सेसेल्सद्वारा सहयोग हस्तान्तरण

इनेप्लिज २०७७ फागुन १३ गते १९:२९ मा प्रकाशित

सेसेल्स । अफ़्रिकि मुलुक सेसेल्सको सरकारको कोरना राहत कोषलाई सेसेल्सका स्वास्थ्य मन्त्री पेग्गी भिगेडको उपस्थितिमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४०,००० ( ने . रु . दुई लाख चालीस हजार बराबर ) को चेक सहयोग आज
त्यहा एक बिशेष समारोहमा एनआरएनए एनसीसीका तर्फ बाट अध्यक्ष रामप्रसाद पन्त,मनोज बि.क. र रोजमेरी राईले हस्तान्तरण गर्नु भयो ।

पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन । कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले जानकारी दिनु भयो ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई आभार ब्यक्त गरेकि थिइन ।

प्रतिक्रिया