विराटनगर।मोरङको उर्लाबारीका युवा प्रविन बास्तोला मृत्यु प्रकरणमा स्थानीय र आफन्तले उठाएको जिज्ञासा र आशंका निरूपण गर्न प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी घटनाको अनुसन्धान र प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराएका हुन्।एसपी खड्काले मिसिलमा भुलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए।
मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोला गएको पुस ५ गते मृत फेला परेका थिए।सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।
https://www.youtube.com/watch?v=x-1sOdJgpx0&feature=emb_logo
प्रतिक्रिया