युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
फागुन, काठमाडौं।
लामो समयदेखी युवा प्रेरकको रुपमा काम गर्दै आउनु भएकी जमुना वनको नयाँ गीत सार्वजनिक गरिएको छ।यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गाउनुभएकी जमुनाले अहिले फेरी नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक गरिएको हो।गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङले कम्पोज गर्नुभएको छ।एरेन्ज भने देवेश राईले गर्नुभएको छ।
गीतबारे बोल्दै जमुनाले दर्शक तथा स्रोताबाट प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ।‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ’ जमुनाले भन्नुभयो।‘अहिलेको गीत पनि मिहिनतका साथ बनाएका छौं आशा छ दर्शक स्रोतामाफ मनपर्छ।’ जमुनाले आफूलाई गीतसंगीतमा लाग्न साथीभाईले उत्प्रेणा दिएको बताउनुभयो।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ।भिडियो न्युटोन लांथासाको निर्देशन रहेको छ।पृथ्वीराज दुत्ताको छायांकन रहेको छ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया