२०२१ फेब्रुअरी १५ को ११.५९ (PM) अमेरिकी पूर्वीय समयसम्म पेमेन्ट पूरा भएर मेम्बर्शिप भेरिफिकेसनमा आएका सबै आवेदन अप्रुभ हुने वा नहुने बारे हामीले पहिले सूचित गरे अनुसार नै फेब्रुअरी १८ सम्ममा कारण सहित ईमेल गरिसकेका छौ।अप्रुभ नभएका आवेदनलाई आवेदनमा उल्लेख भएको इमेलमा अप्रुभ नहुनुको कारण र आवेदनलाई सच्याउन फेब्रुअरी २२ तारिख ११.५९ PM (EST) सम्मको समयसीमा cut off date) निर्धारण गरीएको कुरा समेत पूर्व जानकारी गराइएको हो। तसर्थ, आवेदन अप्रुभ नभएका व्यक्तिहरुले फेब्रुअरी २२ तारिख ११.५९ PM (EST) भित्रमा इमेंलमा भनिए अनुरूप आबेदन सच्याउने कार्य गरीसक्नु हुन अनुरोध गर्दछौ।
ध्यानाकर्षण र सहयोगका निम्ति धन्यवाद।
डा. राजन पन्त
Chairperson
NRNA NCC USA Membership Verification Committee 2021-23
प्रतिक्रिया