जिल्ला सरकारी वकिलको कार्यालय भवनको उद्घाटन

इनेप्लिज २०७७ फागुन ८ गते २०:२३ मा प्रकाशित

विराटनगर,८ फागुन।विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ।

महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले भर्चुयल माध्यमबाट भवनको उद्घाटन गर्नु भयो।

तीन कठ्ठा क्षेत्रफलमा रु तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा तीन तल्ले भवनमा २३ वटा सुविधासम्पन्न कोठा रहेका छन।भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय,अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिनु भयो।

महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरीमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिदै अपराधमुक्त समाज र न्याय सम्पदानमा राज्यले ठूलो लगानी गरेको बताउनु भयो।मोरङ अदालतका मुख्य न्यायाधीश मेदनी प्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, न्यायधीशहरु शिसिरराज ढकाल, किरोश घिमिरेलगायतले नव निर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गर्नु भयो।

प्रतिक्रिया