गायिका रानी शाक्यको मर्मस्पर्शी गीत ‘सुनसान मन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ फागुन ८ गते १९:५५ मा प्रकाशित

गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ Sunsan Mann लिएर प्रस्तुत हुनु भएकी छिन।निडर,दृढ,र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाउनु भएको छ । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो।

प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौल बाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन।कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुह सँग आवद्द भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय हुनुहुन्थ्यो। अब गीत लेखनलाई सक्रियता देखाउनु भएको छ।उहाँको लेखनको अर्को रमाईलो गीत “सल्लाघारी” रिलिजको तयारीमा छ।ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत “फेरी आज एकान्तमा” रिकर्ड गर्नु भएको थियो । जसको रचना लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो।

काठमाण्डौ,धुलिखेल,दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई,सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ,मेकप अशोक रोक्का,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन्।

प्रतिक्रिया