आइतबार, फागुन २३ २०७७
काठमाडौं ०८:३८
वासिङटन डिसी 21:53

भागीरथीकी आमाले भनिन् दिनेशलाई फसाउदै छन,उ एक्लैले यो गर्न सक्दैन मलाई न्याय दिलाइदिनु पर्यो (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन ७ गते १०:४६ मा प्रकाशित

बैतडीकी भागरथी घटनामा सफलता मिलेको भन्दै प्रहरीले खुसी मनाइरहँदा भागरथीको आमाले भने घटनामा दिनेशको संलग्नता भएको कुरा आफुलाई विश्वास नलागेको बताएकी छन्।उनले घटनामा कि उनी मात्र एक्लो हुन नसक्ने वा अरु नै संलग्न भएको हुन सक्ने आशंका गरेकी छन्।प्रहरीले बुधबार भागरथी भट्टको ह ‘त्या मा संलग्‍न भएको भन्दै १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ।

उनले घटनामा संलग्नता स्वीकार समेत गरेको प्रहरीको भनाइ छ।तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ परेका दिनेशले घटना गराए भन्ने कुरामा आफु विश्वस्त हुन नसकेको बताएकी छन्।नेपाली कांग्रेसका नेता एनपी साउद सहितको टोली सँगको भेटमा उनले यस्तो भनेकी हुन्।लेखा जोखा अनलाईनले सार्वजनिक गरेको भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले ह ‘त्या रा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन्।

प्रतिक्रिया