टेक्सस राज्यमा हिमपातका कारण दैनिक जिवनमा पर्न गएको समस्या सम्बन्धमा अध्यक्ष बाट दुखः व्यक्त

इनेप्लिज २०७७ फागुन ७ गते २:४७ मा प्रकाशित

आदरणीय टेक्सस बासी आमा बुवा, दाजु भाइ तथा दिदी बहिनीहरूमा नमस्कार,

केही समययतादेखि अमेरिकाको विभिन्न क्षेत्रमा भारी हिमपात भएर जन जिवन प्रभावित बनेको छ । टेक्सस राज्यमा यसवाट बढी क्षति भएको खवर आइरहेको छ । टेक्सस राज्यमा गैर आवासीय नेपालीको वसोबास समेत उल्लेख्य मात्रा रहेको छ । भारी हिमपातले दैनिकीमा असर परिरहदा टेक्सस बासी नेपाली समेत प्रभावित हुनुभएको छ ।

धेरैं स्थानमा विद्युती आपूर्ति कटौती भएको, पानीको आपूर्ति बन्द भएको खबरहरु आइरहेको छ । धेरैं टेक्सस गैर आवासीय नेपाली अहिले समस्यासग जुधिरहनुभएको छ । समस्यामा पर्नुभएकाहरुलाई एनआरएनए, युएसए, टेक्सस राज्य च्याप्टरको समन्वयमा स्थानीय तहमा अन्य संघ संस्थाहरुसगको सहकार्यमा आवश्यक सहयोग गर्ने काम भैरहेको छ । एनआरएनए, युएसएले आवश्यक समन्वय च्याप्टरसग गरिरहेको छ ।

हिमपातले सिर्जित अहिले यो विपतको अवस्थामा एकले अर्कोलाई सकेको सहयोग गर्ने हो । हिउका कारण गाडी चलाउन समेत कठिनाई हुने भएकाले सकभर संभव भएसम्म सुरक्षित रुपमा घरमै बस्नका लागि सबैमा आग्रह गर्न चाहन्छौं । विद्युती र पानी कटौती भई बढी प्रभावित बन्नुभएकाहरुलाई एनआरएनएका स्थानीय अभियन्ताहरुसग सम्पर्क गर्नका लागि अनुरोध गर्दछौं । हरेक शहरमा त्यहाको स्थानीय सरकारदेखि राज्य सरकारले सुरक्षित आवासको प्रवन्ध समेत गरेको खवर आइरहेको छ । त्यसका निम्ति पनि समन्वय गर्न एनआरएनए सदैव तयार रहेको छ । यो विपद्को अवस्थामा सहयोगी हात अघि बढाइरहनुभएका सबैंमा एनआरएनए, युएसए हार्दिक धन्यवाद व्यक्त गर्दछ । संस्थागत होस् वा व्यक्तिगत जे जसरी सहयोग गर्न सकिन्छ त्यसतर्फ सुरुवाती दिनदेखिनैं एनआरएनएका अभियन्ताहरु लागिरहनुभएको छ, सम्वद्ध सबैंमा एनआरएनए युएसए आभार व्यक्त गर्दछ ।

अव केही दिन भित्र मौसममा सुधार आई जनजिवन समान्य बन्ने मौसम विदहरुले बताइरहनुभएको छ । अहिले सबैंले एक अर्कालाई सकेको सहयोग गरौं, व्यक्तिले अर्को समस्यामा परेका व्यक्तिलाई , एक परिवारले समस्यामा परेका अर्को परिवारलाई सहयोग गर्दै आइरहनुभएको खवर छ, यसप्रति संस्था धन्यवाद व्यक्त गर्दछ । संघको तर्फवाट संस्थागत रुपमा पनि केन्द्रसगको समन्वयमा स्थानीय रुपमा टेक्सस राज्य च्याप्टर, युवा समिति, स्टुडेण्ट टास्क फोर्स सम्वद्धहरु सहयोगमा निरन्तर लागिरहनुभएको छ । थप केही सहयोग आवश्यक परे सहयोगका लागि संघ सदैव तयार रहेको सबैमा अनुरोध छ ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका

प्रतिक्रिया