राजवंशी( विराट)लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने– सङ्घीय मन्त्री ढकाल

इनेप्लिज २०७७ फागुन ६ गते २२:५९ मा प्रकाशित

विराटनगर,६ फागुन।सङ्घीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताउनु भएको छ।

राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा उहाँले अहिलेसम्म १२५ जातजाति सूचिकृत भएको र अन्य दुई सहित यो समुदायलाई पनि सूचितकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रीपरिषद वैठकमा प्रस्ताव लग्ने विश्वास दिलाउनु भयो ।

मन्त्री ढकालल राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथान समुदाय भएकोले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताउनु भयो।उहाँले विगत १४ वर्षदेखि सूचितकृत हुन आन्दोलित यस समुदायलाई त्यस अघि सरकारले नगरेकोमा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरिकन अधिकार प्रदान गर्ने विश्वास दिलाउनु भयो।

मन्त्री ढकालले राजवंशीलाई आदिवादी जनजातिमा सूचिकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउदै यस सम्वन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्वन्धमा चनाखो हुन आग्रह गर्नु भयो।उहाँले वर्तमान अवस्थामा हिमाल मात्रले पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार,भाषा, संस्कृति,खाद्य परिकार,पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यक्ता औंल्याउनु भयो।

समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्ग, भाषा,पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचितकृतका लागि सम्वोधन नगरेकोमा गुनासो व्यक्त गर्नु भयो।

नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी,थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी,गुप्त नारायण मण्डल,राप्रपा मोरङ अध्यक्ष माधव आचार्य,राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी(विराट) उल्लेख गर्नुपर्नेमा जोड दिनु भयो।

मोरङ,झापा र सुनसरीमा अधिकाँश राजवंशी(विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाख भन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले जानकारी दिनु भयो।राजवंशी समुदायमा पुरुषले धोती,गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ।

 

प्रतिक्रिया