नाताले भाई पर्ने दिनेश भट्टलाई त्यो दिन भागरथीले रोइकराइ जत्ती बिन्ती गर्दा पनि छोडेनन (भिडियो सहित)
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत छात्रा भागरथी माघ २१ गते दिउँसो विद्यालयबाट घर फर्किंदै गर्दा एकाएक बेपत्ता भएपछि २२ गते लबलेक जङ्गलमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।तालिमप्राप्त कुुकुर लिएर डीआईजी सुवेदी आफै बैतडी पुग्नुभएको थियो।उहाँको उपस्थितिले हत्या घटनाको अनुसन्धानमा सुरक्षाकर्मीको मनोबल मात्र बढेन; थप सुझाव सल्लाह, निर्देशन र स्थानीयवासीसँगको समन्वय प्रभावकारी बन्यो। भारगथी हत्या घटनाको १५ दिनपछि बुधबार प्रहरीले अभियुक्त १६ वर्षीय दिनेश भट्टलाई सार्व-जनिक गरेको छ।
प्रदेश प्रहरी प्रमुख सुवेदीले सुरुवातको चरणमा अनुसन्धानको घेरा फराकिलो बनाए पनि भट्टको पक्राउ पछि साँघुरिएको स्पष्ट पार्नुभयो।कुराकानीमा उहाँले भन्नुभयो, “अभियुक्त भट्टमाथि सुरुवातीकै चरणमा शङ्का गरे पनि स्वीकारी नसकेकाले अनुसन्धानले समय लिएको हो ।” हत्या घटनाबाट सङ्कलित प्रमाणले अभियुक्त भट्टलाई किटानी गरे पनि प्रहरी भने उनकै मुख बाट सुन्ने प्रतीक्षामा थियो।सुवेदी पनि सुझबुझ,पर्याप्त प्रमाण तथा तथ्य आधार देखाएर अभियुक्त सार्वजनिक गर्ने निर्णयमा पुग्नुभएको थियो । त्यही भएर अलि बढी समय लागेको हो । भिडियो सहित
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया