कानुनी शासन र सुशासनका लागि मिडियाको भुमिका

इनेप्लिज २०७७ फागुन ५ गते १६:३३ मा प्रकाशित

काठमाडौ । सुशासन ,जबाफदेहिता र कानुनी शासनका लागि निगरानी गर्ने प्रभाबकारी पक्ष नागरिक समाज र मिडियाबीच समन्वय आबश्यक भएको औल्याइएको छ ।
महिला जागरण तथा बिकास केन्द्रको आयोजनामा मंगलबार भएको कार्यक्रममा कानुनी राज्य , सुशासन , पारदर्शिताका लागि नागरिक समाज र मिडियाले बाचडगको भुमिका निर्बाह गर्नुपर्ने जोड दिइएको छ ।
नेपालको सबिधान र ऐन कानुनले निर्धारण गरेका महत्वपुर्ण बिषयहरुलाई ब्यबहारमा कार्यान्वयन गरेमा मात्रै असल शासन स्थापित हुने भन्दै मिडिया बिज्ञ र नागरिक अभियानताहरुले त्यसका लागि मिडियाले अझ प्रभाबकारी भुमिका निर्बाह गर्नुपर्ने बताएका छन ।
महिला जागरण तथा बिकास केन्द्रकी अध्यक्ष डा अनिता श्रेष्ठले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएपछि प्रारंभ भएपछि शुरु भएको कार्यक्रममा कानुनबीद प्राडा शशी अधिकारी कार्यपत्र प्रस्तुत गर्दै हाल सम्मका सबिधानका महत्पुर्ण पक्ष र तिनले प्रदान गरेका अधिकारका बिषयमा प्रकाश पार्नुभएको थियो ।


डा अधिकारीले बर्तमान सबिधानका ऐतिहासिक मुलभुत पक्षका बारेमा सरल र सबैले बुझ्ने गरी प्रकाश पार्दै सबिधान ऐन कानुनको कार्यान्वयनको पक्ष कस्तो रहेको छ र त्यसका लागि मिडिया र नागरिक समाजले निर्बाह गर्न सक्ने भुमिकाका बारेमा उल्लेख गर्नुभएको थियो ।
सबिधान ऐन कानुनको कार्यान्वयन नभएमा सुशासन भएको मान्न सकिदैन र सुशासन नभएमा असल शासन पनि नहुने भन्दै सबद्ध बिज्ञहरुले त्यसका लागि मिडिया र नागरिक समाजको भुमिका अझ बढाउनुपर्ने कुरामा जोड दिएका छन ।
सो कार्यक्रममा सबद्ध बिज्ञहरुका तर्फबाट धारणा राख्नेहरुमा बरिष्ठ पत्रकार टंक पन्त , बबिता बस्नेत, अमृता लम्साल , लीलाधर उपाध्याय , अमिका राजथला, नीतु पोख्रेल , शान्ति लामा , कल्याणी शाह , निशा राई, प्रशान्त राउत लगायतका नागरिक समाजका अभियानता हुनुहुन्थ्यो ।

प्रतिक्रिया