‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक

इनेप्लिज २०७७ फागुन ४ गते ११:१३ मा प्रकाशित


काठमाडौं,

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ।टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

यो गीत ‘प्रिती’ एल्वममा समावेश छ।छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पु¥याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ।गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ।

दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल,टिका भट्टराई नेपाल,झापाली कान्छा,देवीचरण भण्डारी निर्मला चौलागाई,प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ।

झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ।भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ।गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृङ्गार छ भने पब्लिसिटी डिजाइन प्रेम शर्माको छ।

यसअघि टिकाले थुप्रै गीतहरू बजारमा लिएर आउनुभएको छ।शिशिर योगीको स्वरमा‘तिम्रो तस्वीर यि आखामा’नरेन्द्र प्यासीको स्वरमा ‘पिरतीमा यो मन पगालेर आए’ प्रमोदको स्वरमा ‘शिशिरमा प्रिति फूल फूल्नै गाह्रो भो’जस्ता गीत छन्।

प्रतिक्रिया