सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो।करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो। उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए।
यसपछि, भने उनको नामको अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो।उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा एक संस्थाले ‘महानायिका’को उपाधि दियो।करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन्।यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ।के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ?
भिडियो सहित
https://www.youtube.com/watch?v=FLMrsgMwCTs&feature=emb_logo
प्रतिक्रिया