नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा रहेको निकै वेदना समेटिएको गीत ” आत्म हत्या “गीतको भिडियो सार्वजनिक भएको छ ।आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ।
हजारौ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ । शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ। गीतलाई महेश पुनले एरेन्ज गरेका छन ।सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देश्न भिडियोमा रहेको छ ।गीतमा आकांक्षा केसी ,सारदा खरेल लगायतको अभिनय रहेको छ।
प्रतिक्रिया